नेप्लिज युथ नेटवर्क युकेको अध्यक्षमा डा रानु बराल


लन्डन– बेलायतस्थित नयाँ पुस्ताका नेपाली युवाहरुकोसञ्जाल ’नेप्लिज युथ नेटवर्क युके’ मा नयाँ नेतृत्व चुनिएकोछ।
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेको पहलमा स्थापितनेटवर्कको प्लमस्टिडस्थित गोर्खा क्लबमा गत फेब्रुअरी १७तारिखमा आयोजित भेलाले डा रानु बरालको अध्यक्षतामा नयाँटीम चयन गरेको छ।

भेला संयोजक डा रामजी पौडेलले सञ्चालन गरेको कार्यक्रममासोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके अध्यक्ष विष्णुप्रसादन्यौपानेले बेलायतमा अध्ययन तथा विभिन्न पेशामा आबद्धयुवाहरु लाई समेटेर एक आपसमा सहकार्य वृद्धि गर्न सघाउननेटवर्कको स्थापना गरिएको बताए।
सोसाइटीका उपाध्यक्ष गजेन कटुवालले युथ नेटवर्कको नयाँसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहणगराएका थिए भने महासचिव डा ओमप्रसाद गौतमले बधाईतथा सफल कार्यकालको शुभकामना दिएका थिए।
नेटवर्ककी नवनिर्वाचित अध्यक्ष डा रानु बरालले संक्षिप्त मन्तव्यराखेकी थिइन् भने संयोजक डा रामजी पौडेलले धन्यवाद ज्ञापनगरेका थिए।
त्यस अवसरमा सहभागी युवा र सोसाइटी अफ नेप्लिजप्रोफेसनल्स युकेबीच अन्तरक्रिया समेत गरिएको थियो।
अन्तरक्रियामा युवाहरुले राखेका जिज्ञासाको सोसाइटीकाअध्यक्ष ई. विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष गजेन कटुवाल, महासचिव डाओमप्रसाद गौतम, सदस्य डा रामजी पौडेल, प्याट्रोन काउन्सिल सदस्य शेखर वाग्लेलगायतले जवाफदिएका थिए।
