Media Highlight : सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको शुभकामना आदानप्रदान

खेमराज रानाभाट, लन्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेले दशैँ-तिहारसहितका पर्वहरुको अवसरमा एक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार सांझ वेलिङको फाल्कनउड कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु गरिएको थियो ।
सोसाइटीका अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष पराजुली र लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख एवम् प्रवक्ता रोशन खनालले दीप बालेर शुभारम्भ गरेका थिए ।

https://drive.google.com/drive/mobile/folders/1xEMrIL_GsUbQzx5JREXfKjua16hWKWAN?usp=sharing